काठमाडौँ- नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ ।
गएराती काठमाडौँ ३१ बानेश्वर आलोकनगरस्थित डिचिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् ।
भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउँकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाचिएको अबस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले मृतक गिरीको हत्या भएको दाबी गरे ।
मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
उनले आजै महानगरीय प्रहरी बृत्त वानेश्वरमा ज्यान मुद्धा सम्बन्धी जाहेरी दिई घट्नाको निष्पक्ष छानबिन गरि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरे । आफन्तले रेष्टुरेष्ट संचालक एवं अन्य व्यक्तिको घट्नामा संलग्नता रहेको दाबी गर्दै रेष्टुरेष्ट संचालक सिसि क्यामरा फुटेज समेत मेटाएको पाईएको बताए ।
आफन्तले रेष्टुरेष्ट संचालकले घट्नाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका छन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घट्नाको अनुसन्धान सुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा घट्नाबारे भन्न सकिने बताए ।
मृतक गिरीको आजै शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाट पुग्नु भएका सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको पत्रकार समाजका अध्यष रमेश गिरीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस