काठामडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बालुवाटारमा गरको रात्रिभोजमा केही नेताहरु सहभागि भएनन् ।
प्रधानमन्त्रीले हार्दिकता बढाउनका लागि भनेर आयोजना गरेको भए पनि केही नेताहरु भने भोजमा उपस्थित भएनन् ।
केन्द्रीय सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरे लगायतका युवा नेताहरु बालुवाटारको भोजमा सहभागी नभएका हुन् ।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भोजप्रति व्यङ्ग्य गर्दै ‘घरकै भुटेको मकै र कालो चिया मिठो ।’ भनेर सामाजिक संजालमा लेखेका थिए ।
आफू यसअघि पार्टी एकता भएपछि बालुवाटारमा आयोजना भएको भोजमा पनि सहभागी नभएको न्यौपानेले बताए ।
आफ्नो स्वभाव यस्ता भोजहरुमा नजाने रहेको उनको भनाइ थियो । पार्टीमा तडकभडक नहोस् भन्ने जनताको चाहना रहेको उनको भनाइ छ ।
भोजमा पुलाउ, दाल फ्राई, चिकेन, मटन, बटरमसला फिसलगायत राखिएको थियो । उसिनेको मकै, गाँजर, दही, हलुवा, रसवरी लगाइ राखिएको थियो । भोजमा ‘ड्रिङ्स’ भने राखिएको थिएन ।
ओली प्रधानमन्त्री भएपछि बालुवाटारमा धेरै भोजहरुको आयोजना हुन थालेको आरोप कतिपयले सामाजिक सञ्जालमा लगाइरहेका छन् । यस्तै पार्टीका बैठक बस्न पनि सरकारी निवास प्रयोग गर्ने गरिएको भन्दै आलोचना भैरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस