सोल-चीनबाट अत्यावश्यकीय पाटपुर्जाहरु ल्याउन नसक्दा दक्षिण कोरियाका अटोमेकर्सहरु समस्यामा पर्न थालेका छन् ।
हुण्डाई मोटर्सका अनुसार चीनका अटो मेकर्सहरुले अतिरिक्त काम गर्ने क्रमलाई तत्काल केही समयका लागि स्थगित गरेका कारण सो को असर कोरियाली मोटर निर्माताहरुमा समेत पर्न थालेको छ ।
चीनका कम्पनिहरुले गजेदो र उल्सान प्रान्तका आफ्ना प्लान्ट्सहरुमा सो नियम लागु गरेपछि त्यसको प्रत्यक्ष प्रभाव कोरियाली मोटर निर्माता कम्पनिहरुमा पनि पर्न थालेको हो । ती स्थानमा रहेका कम्पनिहरुबाट कोरियाले वाइरिङका सामानहरु ल्याउने गर्दथ्यो ।
चीनमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण कम्पनिले आफ्ना उद्योगहरुमा कामको चाप घटाउदै गइरहेको छ ।
यता दक्षिण कोरियाली सरकारले पनि कोरोना भाइरसका कारण आफ्नो चन्द्र पात्रो अनुसार पर्ने नयाँ बर्षको उत्सव मनाउने काम पनि सारेको छ । यसका कारण पनि उद्योगहरुको काम कारवाहीमा प्रभाव पर्न थालेको छ ।
हुण्डाई कम्पनीका अनुसार भाइरसको तीव्र गतिमा भइरहेको फैलावटलाई मध्यनजर राख्दै आफूहरुले भएका र उपलब्ध श्रोत साधनहरुको प्रयोग गर्दै आफ्नो कम्पनीको उत्पादन कार्यलाई निरन्तरता दिने बताएको छ ।
साङ्गयोङ्ग मोटर्सले पनि सामानको अभावका कारण आफ्ना उत्पादनहरुलाई फेब्रुअरी ४ देखि १२ सम्म थाति राख्ने निर्णय गरेको छ । कोरीयन हेराल्ड पत्रिकालाई दिएको एक अत्नरवार्तामा कम्पनी प्रतिनिधिले उल्लेख गरेका छन् ।
यी बाहेक अन्य धेरै कम्पनीहरुले कोरोना भाइरसका कारण चीनको बजारमा परेको प्रभावको प्रत्यक्ष असर आफ्नो कम्पनीमा पनि परेको जनाउदै आफ्नो अतिरिक्त काम गर्ने समयलाई कटौती गर्न थालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस