काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विधान पद्धतिमा नचलेको बताएका हुन् ।
समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आज समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेनद पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिए ।
समूह ९ का नेता चौधरीले सरकारका काम धेरै भए पनि प्रचार हुन नसकेको आफ्नो प्रतिवेदनमा समेटेको जानकारी दिए।
“सरकारका कामको प्रचार हुन नसक्दा सरकारले काम गरेको देखिएको छैन”, उनले भने, “स्थानीय तहमा बढी भ्रष्टाचार रहेकाले नियन्त्रण गर्नुपर्ने हाम्रो समूहको सुझाव छ, शनिबार ११ समूहका नेताले प्रतिवेदन पेश गर्नुहुनेछ ।”
समूह ११ का नेता राजेन्द्र राईले पार्टी नीति पद्धतिमा नचलेको र सङ्गठनमा पार्टी नेतृत्वबाट गुटबन्दी भएको सुझाव आएको बताए ।
उनको प्रतिवेदनमा पार्टी विधान र केन्द्रीय सर्कुलरलाई उल्लङ्घन गरिएको उल्लेख छ । पार्टीका दिवङ्गत नेताका नाममा खोलिएका प्रतिष्ठान फाउन्डेशन, अध्ययन केन्द्र खुलेका र त्यसले पार्टीलाई फाइदा नपु¥याई गुटबन्दी बढाएकाले बन्द गर्नुपर्ने उहाँको समूहको प्रतिवेदनमा उल्लेख छ ।
“नेताको योगदानको कदर गर्नुभन्दा गुट चलाउन खुलेको देखियो, हाम्रो समूहले त्यस्ता प्रतिष्ठान, फाउन्डेशन र अध्ययन केन्द्र बन्द गर्नुपर्ने सुझाव दिएका छौँ”, उनले भने, “चलाउने हो भने पार्टीको निर्णयमा चलाउनु पर्दछ ।”
यसैगरी समूह ७ का उपनेता निरज आचार्यले पनि त्यस्ता नेतापिच्छे खोलिएका प्रतिष्ठान प्रदेश, जिल्लासम्म सङ्गठन विस्तार गरी पार्टीका समानान्तर गतिविधि सञ्चालन गरेकाले पार्टीको विधानमा नै व्यवस्था गरेर नियन्त्रण र नियमन गर्नुपर्ने सुझाव दिइएको बताए ।
एमसिसीको समर्थन र विरोध
बैठकमा मेलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसी केन्द्रीय सदस्यले मिश्रित सुझाव दिए ।
समूह ९ का नेता चौधरीले आफूहरुले एमसिसी अगाडि बढाउन सुझाव दिएको बताए ।
विधानअनुसार चलेन
विधानअनुसार पार्टी सञ्चालन नभएको समूह नेताले सुझाव दिएका छन् ।
धेरैजसो समूहले पार्टीमा समावेशी नभएको सुझाव दिनुभएको छ । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पार्टी विधानअनुसार ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने सुझाव दिइएको छ । प्रतिवेदन प्रस्तुत गर्दै समूह ९ का नेता चौधरीले केन्द्रमा सचिव र प्रदेशमा पनि उपाध्यक्ष राख्नुपर्ने सुझाव दिएको बताए ।
समूह ७ ले सङ्गठनमा बहुपदीय पदाधिकारी बनाउन माग गरेको छ । महिला उपाध्यक्ष एकजना थप्नसमेत सुझाव दिइएको छ । यसैगरी प्रतिवेदनमा पोलिटब्यूरो, केन्दीय आयोग, निकाय र विभागलाई चाँडै नै पूर्णता दिनसमेत सुझाव दिइएको छ ।
नेता सुरेन्द्र पाण्डेले पार्टी विधिबाट चल्ने भएकाले राजनीतिक नियुक्त पार्टीले गर्नुपर्ने बताए । राजधानी दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस