बेइजिङ – चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्।
चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पातलका शल्य चिकित्सक रहेका उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए। डा। भट्टराईको फर्कने टिकट जनवरी ३० तारिखको थियो।
दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदैछ। भट्टराईको फर्कने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो।
नागरिक दैनिकले लेखेको खबर अनुसार, डा. भट्टराईकी पत्नी जानुका भुसाल वुहाननजिकैको चिङचौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दैछिन्।
उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। आगामी सेप्टेम्बरमा एमडी सकिने र खोज तथा अनुसन्धानमा निकै व्यस्त हुनुपर्ने भएकाले त्यसअघि नै चीन घुमाउने विचार गरेर उनले पति र छोरीलाई बोलाएकी थिइन्।
कोरोना भाइरसका कारण कोठामै थुनिनुपरेपछि आफूहरू उकुसमुकुस भएको डा। भट्टराईले नागरिकलाई बताए। ‘हुपेईबाट कतै बाहिर जान पाइन्न। कहिलेसम्म यसरी थुनिएर बस्नुपर्ने हो रु’ उनले भने, ‘साथमा सानी छोरी पनि छे। आफ्नो नेपालको काम पनि चौपट हुने भयो।’ उनका अनुसार वुहानबाट अहिलेसम्म अमेरिका, कोरिया, बंगलादेश, श्रीलंका, जापान, भारतलगायत देशले आफ्ना नागरिक उद्धार गरेर स्वदेश फिर्ता गरिसकेका छन्।
दक्षिण एसियाली एक मात्र मुलुक पाकिस्तानले चीनलाई सदावहार अभिन्न मित्र मान्दै चीनको क्षमता र दक्षतामा विश्वास लागेकाले आफ्ना नागरिकको उद्धार नगर्ने बताइसकेको छ। तर अन्य विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेपछि नेपाली विद्यार्थीमा मानिसक दबाब र त्रास बढेको छ। त्यसमाथि नेपालबाट आफन्तले जसरी पनि आउनू भन्दा झनै तनाव हुने गरेको भुसालले बताइन्।
हुपेई प्रान्तमा मात्र दुई सयको हाराहारीमा नेपाली विद्यार्थी छन्। नेपाल सरकारले उद्धार गरेर आफूहरूलाई स्वदेश लानुपर्ने भनाइ सबै नेपाली विद्यार्थीको रहेको भुसालले बताइन्।
उनले बेइजिङस्थित नेपाली दूतावासलाई पनि त्यसबारे जानकारी गराइसकेको सुनाइन्। ‘नेपाल सरकारले आफ्ना नागरिकको दायित्व लिनुपर्छ,’ उनले भनिन्, ‘उद्धार खर्च बेहोर्न सक्दैन भने बरु हामी दामासाही रूपमा तिर्न तयार छौं।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस