लन्डन-युनिभर्सिटी अफ मेनचेस्टरका बैज्ञानिकहरुले हालै कोरोना भाइरस बिरुद्धको एन्टिभाइरस पत्ता लागेको दावी गरेका छन् ।
चीनीको प्रयोग गरि तयार पारिएको उक्त एन्टिभाइरसले आफ्नो सम्पर्कमा आउने सम्पुर्ण भाइरसहरुलाई नस्ट गर्ने उनीहरुको दावी रहेको चिनीयाँ सञ्चार माध्यम सिनुवाले जनाएको छ ।
अन्तराष्ट्रिय बैज्ञानिकहरुको टोलीले हालै सार्वजनिक गरेको उक्त समाचारका अनुसार उनीहरुले हालै पत्ता लगाएको उक्त एन्टिभाइरसले हर्पेस सिम्प्लेक्स,रेस्पिरेटरी सिन्सियल भाइरस, हेपाटाइटिस सी, एचआइभी तथा अन्य रोगहरुको रोकथाममा पनि कोशेढुङ्गा सावित हुने जानकारी दिइएको छ ।
यो सफलताको नतिजा युनिभर्सिटी अफ मेनचेस्टर तथा युनिभर्सिटी अफ जेनेभाका बैज्ञानिकहरुको संयुक्त प्रयासबाट सफल भएको पनि खोजकर्ताहरुले बताएका छन् ।
चीनीको प्रयोग गरि भाइरस नस्ट गर्ने नयाँ प्रविधिको प्रयोग गरि तयार गरिएको यो एन्टिभाइरस प्रणाली रोग रोकथामको क्षेत्रमा गेम चेन्जर सावित हुने खोजकर्ता मध्येका एक जोनले समाचारदाताहरु संग उल्लेख गरेका छन् ।
यदी बैज्ञानिकहरुको यो दावी सहि सावित भएमा स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात हुने पनि बताइएको छ । अचानक महामारीको रुपमा आउने यस्ता प्रकारका भाइरसहरु सँग लड्न समयमै औषधि नहुदा धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्ने तथ्य जिवितै रहेको हालको समयमा यो आविश्कार वरदान सावित हुने कुरामा कुनै सन्देह छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस