काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो । देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने अशा गरिएपनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।
पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताए । थापाले राजसंस्था पाखा लगाएर सुरु गरिएको १४ वर्षको राजनीतिक अभ्यासले देश झन संकटग्रस्त भएको बताए ।
राप्रपाले देशमा इशाईकरण डरलाग्दो रुपमा बढेको बताएको छ । अपरिपक्ल, दिशाहिन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चारमाध्यम र सामाजिक संजाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
चुनाव जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेत्रप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ । समान विचारधारा मिल्ने दलहरुसँग एकता र सहकार्यको बाटो खुला रहेको जनाउँदै राप्रपाले समाज, राजनीति र व्यवस्था बदल्ने संकल्पसहित निरन्तर अगाढी बढ्ने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस