काठमाडौं-प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कामै नगरेका र पुर्णता पनि नपाएका आयोगहरुले आफ्नो बार्षिक प्रतिवेदन पेश गरेका छन्।
सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगहरुका प्रतिवेदन पेश गरेका हुन्। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पुर्णता पाएका छैनन्।
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय मानवअधिकार आयोग , लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका २०७५/७६ को बार्षिक प्रतिवेदन पनि पेश भएका छन्। शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराए। त्यसैगरी सचिव योगीले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन )विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरेका थिए।
बैठकले पुर्व सांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दे दिवंगत आत्माको चिर शान्तिको कामना गर्दे शोक सन्तप्नत परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक अगामी मंगलबार १ बजे बस्ने तय गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस