काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ। उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन्। ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।’
राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो। त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ। कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन्। कारागारका कर्मचारीले ‘कस्तो छ रु’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्छन्। सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेट्ने इच्छा नै राख्दैनन्। कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए।
महरालाई कारागारको ‘क’ ब्लकको दुई नम्बर कोठामा राखिएको छ। चार भवन ९ब्लक० का आठ कोठामा २५र३० जनाका दरले कैदीहरू लस्करै सुत्छन्। उनको कोठामा अन्य २५ कैदी राखिएका छन्। स्रोतका अनुसार महरा दायाँबायाँका कैदीसँग खासै बोल्दैनन्। ‘कैदीको अवस्था बुझ्न भित्र छिर्छौं, भिआइपीहरूको अवस्था नियाल्छौं,’ कारागारका एक कर्मचारीले भने, ‘महराले निकै अप्ठेरो महसुस गरिरहनुभएको अनुभव हुन्छ, केही बोल्नुहुन्न।’
कारागारका जेलर अरुण पोख्रेलका अनुसार महरालाई भेट्न आउने राजनीतिक नेताभन्दा कार्यकर्ता बढी छन्। महरा जेलमा बसेको तीन महिना बित्न लाग्दा उनलाई भेट्न १० हजारभन्दा बढी आगन्तुक पुगिसकेका छन्। दैनिक ३० जनाको हाराहारीमा आगन्तुक उनलाई भेट्न कारागार पुग्छन्। ‘महरा शान्तसँग बसिरहनुहुन्छ,’ जेलर पोख्रेलले भने, ‘उहाँलाई भेट्न आउनेको संख्या बढी छ, आगन्तुकसँग गफ गरेर दिन बिताउनुहुन्छ।’ नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस