रुपन्देही– कोरोना भाइरस फैलिन नदिन नेपाल भारतको सीमा क्षेत्र बेलहीयामा सतर्कता बढाइएको छ । स्थल नाका हँुदै सबैभन्दा धेरै पर्यटक भित्रिले रुपन्देहीको सिमानाका बेलहीयामा चेकजाँच शुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका कार्यालयको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा सुरक्षा निकायको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा आएको हो ।
चीनबाट फैलिएको कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेकाले विभिन्न देशका पर्यटकलाई लक्षित गरी आज बेलहियामा हेल्थ डेस्क राखेर सतर्कता बढाइएको अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले जानकारी दिएका छन् । अध्यागमन कार्यालयमा विभिन्न देशबाट आउने पर्यटक र टुर गाइडलाई प्रवेशआज्ञा दिनु अगावै हेल्थ डेस्कमा परामर्शको लागि पठाउने गरेको उनले बताए । भारतले पनि आफ्नो देशमा आउने विभिन्न पर्यटकलाई लक्षित गरी हेल्थ डेस्क स्थापना गरेको छ । बेलहिया–सुनौली नाका भएर दैनिक सयांैको सङ्ख्यामा पर्यटक आवागमन हुने भएकाले यस क्षेत्रमा सर्तकता बढाइएको हो ।
अध्यागमन कार्यालय नजिकै राखिएको हेल्थ डेस्कमा सर्वप्रथम प्रवेआज्ञाको लागि आउने विदेशी पर्यटकलाई परामर्शको लागि पठाउने गरिएको छ । क्याम्पमा रहेका स्वाथ्यकर्मीको परामर्शपछि शङ्कास्पद पर्यटकलाई नजिकैको अस्पतालमा थप चेकजाँचको लागि पठाउने व्यवस्था गरिएको छ । यसरी परामर्शका लागि आएका पर्यटकमध्ये शङ्कास्पद र असल समस्या भएको व्यक्तिको पहिचान गरी भैरहवाको भीम अस्पताल अथवा युनिकर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाउने ब्यवस्था भएको अनमि गङ्गा कँडेलले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस