वि.सं.२०७६ साल माघ १७ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी ३१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी १३ पला,मध्यान्ह १२ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,२२ घडी २४ पला,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त अश्विनी । योग– साध्य,५२ घडी ४८ पला,रातको ०४ बजेर ०१ मिनेट उप्रान्त शुभ । करण– तैतिल,मध्यान्ह १२ बजेर ५९ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २७ घडी ०० पला । पञ्चक समाप्ती । स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरि पाउँने योग रहेकोछ । साझपखको राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । साझपख यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि नाँफा कमाउन सकिनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक उन्नति हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको कामबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पढाई लेखाईमा मन जानेहुदा नतिजा अफ्नै पोल्टोमा पार्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा लगानी गर्नेहरुका लागी बिहानको समय मध्ययम रहेपनि साझको समय उत्तम रहेकोछ । अध्यनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा राम्रो पहिचान बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । नसोचेको धन तथा सम्पती हातलागी हुने योग रहेकोछ । साझपख धार्मिम तथा शैक्षिक यात्राको उत्कृष्ट समय रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । स्रोत साधन जुटाउँदै व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवार तथा आफन्तसँग घरायसि कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । साझपख समय राम्रो रहेकोले बंश बृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शेयर बजार तथा अन्य लगानीहरु फस्टाएर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लेखन कला तथा साहित्यमा समय लगानि गरि आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारि चलाउँदा ध्यान दिनुहोेला । प्रेममा अबिश्वास सिर्जना हुने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविश्यमा आम्दानि भईरहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समाजमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानिबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने तथा अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस