सोल- दक्षिण कोरियाको आधा जनसंख्या अपार्टमा र आधा जनसंख्या सामान्य घरमा बस्ने गरेको तथ्यांक सार्बजनिक भएको छ |
यहाँको तथ्यांक विभागले हाल कोरियामा दुई परिवार मध्ये एक परिवार अपार्टमेन्टमा बस्न थालेको तथ्यांक सार्वजनिक गरेको हो ।
तथ्यांक विभागका अनुसार यसरि यत्तिको धेरै संख्यामा मानिसहरु अपार्टमेन्टमा बस्न थालेको यो पहिलो घटना हो जसमा ५० प्रतिशत भन्दा बढी मानिसहरु अपार्टमेन्टमा बस्न थालेका छन् ।
गत बर्ष कोरियामा करिव २०.५ मिलियन घरहरु रहेका थिए भने यस बर्ष १९.९८ मिलियन घरहरु रहेका छन् र यि मध्ये १०.०१ अर्थात ५०.०१ प्रतिशत परिवारहरु अपार्टमेन्टमा रहन थालेका छन् ।
यसमा १७००० सामुदायीक घरहरु, नर्सिङ होमहरु, विश्वविद्यालयका होस्टलहरु तथा विदेशी बस्ने करिव ५ लाख घरहरु समावेस नगरिएको कोरियाली तथ्यांक विभागका एक अधिकारीले बताए ।
पछिल्लो समयमा अपार्टमेन्टको अवधारणाबाट प्रभावित धेरै जसो मानिसहरुले आफू बस्दै आएको घर खाली गर्दै अपार्टमेन्टमा बसाइ सर्न थालेको पाइएको छ ।
एक प्रतिनिधि घटना सार्वजनिक गर्दै तथ्यांक विभागका कर्मचारीका अनुसार ख्यंगी प्रान्तमा मात्र हाल २ लाख ५० हजार घरहरु मानव वस्तीरहित भएको बताएका छन् । यस प्रदेशमा हरेक तीनमा एक घर तीस बर्ष पुरानो रहेको पनि उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस