काठमाडौं – सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन्।
अन्नपूर्णपोष्ट दैनिकले लेखेअनुुसार, एमसीसीबारे राजनीतिक दस्तावेजमा केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वोपरि राखी ‘संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न तत्पर रहने’ उल्लेख गरेर ओली–दाहालले एमसीसी स्वीकार गर्ने संकेत गरेका हुन्।
प्रधानमन्त्री ओली एमसीसी प्रतिनिधिसभाबाट अविलम्ब पारित गर्नुपर्ने पक्षमा छन्।
पार्टीका केही नेताहरूले एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भए÷नभएको प्रश्न उठाइरहेका बेला अध्यक्षद्वयले एमसीसी र इन्डो प्यासिफिक अलग रहेको देखाउन दस्तावेजमै प्रयास गरेका छन्।
नेपाल सरकार र पार्टी बाह्य सैन्य गठबन्धनको हिस्सा कहिल्यै नबनेको भन्दै ओली–दाहालले सैन्य रणनीतिका रूपमा कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा स्वीकार नगर्ने प्रस्ट्याएका छन्।
‘हाम्रो पार्टी र सरकारले आफू कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट गरेको छ।
सैन्य रणनीतिकै रूपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको प्रस्ताव अगाडि आएमा नेपालले त्यस प्रकारका कुनै पनि सहयोग प्रस्ताव मञ्जुर गर्न सक्दैन,’ राजनीतिक प्रतिवेदनको पृष्ठ ८ मा छ, ‘तर नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साक्षेदारी गर्न नेपाल सधैं तत्पर छ।’
अमेरिकाको इन्डो प्यासिफिक रणनीति उसको हिन्द महासागर वरिपरिका क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने, पहिलो आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रूपमा अगाडि आएको दस्तावेजमा उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस