सोल – हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख सु हुन बिहीबार अमेरिका प्रस्थान गरेका हुन् ।
उनी मङ्गलबारमात्र स्वदेश फर्किएका हुन् । उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी उनीहरुले उत्तर र दक्षिण कोरियाको वार्ताको विषयमा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुहुने बताइएको छ ।
उनीहरुले विशेषगरी हालै भएको उत्तर कोरियाको भ्रमणका क्रममा भएको पछिल्लो विकसित परिस्थितिको बारेमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराउनुहुने बताइएको छ । उत्तर कोरियामा भएको सो भ्रमणका समयमा के कस्तो विषयमा कुराकानी भयो र उत्तर कोरियाले परमाणुअस्त्रको उत्पादन रोक्ने बारेमा के प्रतिक्रिया दिएको छ भन्ने बारेमा सो भेटमा उहाँहरुले जानकारी दिनुहुने समाचारमा जनाइएको छ ।
विशेषदूतका रुपमा उनीहरुले उत्तर कोरियाली नेता किम जोङ उनसँग गएको सोमबार साँझ प्योङयाङमा भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
त्यस वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गर्न सकिने धारणा राख्नुभएको समाचार आएको थियो । त्यस विषयमा पनि उक्त भ्रमणका क्रममा जानकारी गराइने समाचारमा जनाइएको छ । विशेषदूतद्वय आगामी शनिबारसम्म वासिङ्टन डिसीमा रहनुहुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।
परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि विशेषदूतहरुले अमेरिकी अधिकारीहरुसँग भेटका क्रममा जानकारी गराउनुहुने भएको छ । पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका हुन् ।
यस समयमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा पनि केही सुधारका संकेत देखिएका छन् । यी दुई देशले पनि वार्ताको चाहना व्यक्त गरेका छन् । सोही कारण पनि दक्षिण कोरियाली विशेषदूतले अमेरिकाको भ्रमण गर्न लागेका अनुमान गरिएको छ । हालैमात्र दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस