नवलपुर– नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले आफू निर्वाचित क्षेत्रको विकासका लागि नयाँ योजना बनाएको बताएका छन् । जिल्ला उद्योग वाणिज्य सङ्घ बर्दघाट सुस्ता पूर्वको आयोजनामा आजदेखि नवलपुरको गैँडाकोटमा शुरु भएको तेस्रो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै कोइरालाले यहाँको विकासका लागि योजनावद्ध रुपमा तीन वटा काम अगाडि बढाउने बताएका छन् ।
कोइरालाले नवलपुरमा सबै प्रकारका खेल खेल्न मिल्नेगरि खेल मैदान बनाउने आफ्नो पहिलो योजना भएको बताए । देशकै केन्द्र भागमा पर्ने यस जिल्लामा खेलकूदको गतिविधि बढाउन सकेमा खेल पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कोइरालाले खेल मैदान बनाउने आफ्नो पहिलो योजना भएको बताए ।
“काठमाडौँमा मात्रै भएको ट्रमा सेन्टरलाई नवलपुरमासमेत विस्तार गर्नेगरि योजना बनाएको छु” कोइरालाले भने, “मेरो यो योजनामा सरकारले समेत साथ दिँदै दुर्घटनाबाट हुने घाइतेको शीघ्र उपचारका लागि सहयोग गर्नुपर्छ ।” नारायणी नदी किनार हुँदै त्रिवेणीसम्म वैकल्पिक राजमार्गको समेत आवश्यकता रहेका कोइरालाले औँल्याए ।
जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरको आयोजनामा शुरु भएको महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक घर एवं औद्योगिक तथा व्यवसायीक गरी ३५० भन्दा बढी स्टल राखिएका छन् । उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनका अनुसार नवलपुरलाई औद्योगिक केन्द्रको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारबाट रु २० करोड प्राप्त भएको छ । सो रकमबाट कावासोती नगरपालिकामा पर्ने लोकाहा खोला नजिक ५०० बिघा जग्गा व्यवस्थापन गर्दै औद्योगिक केन्द्रको रुपमा गर्ने तयारी भइरहेको भट्टचनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस