काठमाडौँ – विश्व विख्यात कोरियाली स्मार्ट फोन निर्माता कम्पनि सामसुङले यस वर्षको अन्त्य सम्ममा आफ्नो अर्को स्मार्ट फोन सार्वजनिक गर्ने भएको छ ।
एक आइटी वेवसाइट ट्वीकडाउनका अनुसार कम्पनिले यो बर्षको अन्त्य सम्ममा उक्त फोन सार्वजनिक गर्ने र उक्त फोनको नाम ग्यालेक्सी जेड हुने पनि कम्पनिले प्रारम्भिक सुचना दिएको छ ।
यो फोन अंग्रेजीको जेड अक्षर जसरी नै फोल्ड हुने भएकाले फोनको नाम ग्यालेक्सी जेड दिइएको अनुमान गरिएको छ । तर टी.सी.एल र स्याओमी कम्पनीहरुले यसअघि नै उक्त मोडेलको फोन निकाली सकेका छन् ।
सामसुङका हाल उपलब्ध फोनहरु भित्र मात्र फोल्ड हुन्छन् तर यो फोन भने दुबै तिर फोल्ड हुने कम्पनीबाट प्राप्त फोटोहरुका आधारमा आँकलन गर्न सकिन्छ ।
१० देखी ११ इन्चको स्क्रिनमा उपलब्ध हुने अनुमान गरिएको उक्त स्मार्ट फोन ट्याव पि.सी कै आकारमा हुने भनिए पनि रकम र सार्वजनिक गरिने मिति बारे भने केही खुलाइएको छैन । कम्पनीका अधिकारीहरुका अनुसार उक्त फोनले आगामी बर्षको मध्य सम्ममा बजार पिट्ने अनुमान गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस