डोटी– मङ्गलवारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा आज पाँचौँपटक हिमपात शुरु भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहान कम्तीमा दुईफिट हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।
यही माघ २ गते परेको हिउँ पग्लिन नपाउँदै फेरि बुधबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा मङ्गलबार रातिदेखि फेरि हिमपात शुरु भएको हो । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तडसँग सिमाना जोडिएको पूर्वीचौकी पालिकाका स्थानीय धनबहादुर विष्टले बताएका छन् । उनले भने, “पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको छ, निकै समस्या भएकाले वस्तुभाउ गोठ बाहिर निकाल्न समस्या भएको छ ।”
हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले पाँचौँपटक हिउँ पर्दा पानीले गहुँलगायतका बाली कुहिने तथा बिग्रिने भन्दै दुखी भएका छन् । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिब दीपकबहादुर खड्काले जानकारी दिए । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस