साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन ।
पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ ।
आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु उपलब्ध रहेका छन् । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः
१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।
२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्
३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्
४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।
५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन
छान्नुहोस् ।
६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लग आउटअप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।
आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।
(एजेन्सी)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस