विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताएका छन्। अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज यहाँ उनले अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए । उनले अपाङ्ग भएका व्यक्तिको पुनःस्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि स्वस्थ र समुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सरकारले शुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । करुणा फाउन्डेसनका अध्यक्ष प्रा.डा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा पुग्ने बताए ।
सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ पालिकामा यो अभियान लागू हुनेछ । पहिलो चरणमा मोरङ, सुनसरी, धनकुटा तथा पाँचथर जिल्लामा आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ । सोही अवसरमा ह्विल चियरमा विश्वयात्रा गर्नुहुने ओखलढुङ्गाका तेजबहादुर कार्कीलाई रु ५१ हजारसहित सम्मान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस