काठमाडौं-नेपाल स्टक एक्सचेन्जले १२ वटा बाणिज्य बैंकहरुलाई सबैभन्दा राम्रो बर्ग ‘ए’ मा परेका छन् भने बाकी सम्पुर्ण कम्पनीहरु सामान्य र खराव कम्पनी रहेको जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जले मंगलबार चालु आर्थिक बर्षको दोस्रो त्रैमास सकिदा कम्पनीहरुको पफर्मेन्सको आधारमा बर्गीकरण गरेको हो । नेप्सेले वर्गिकरण गर्दा १२ वटा बाणिज्य बैंकहरु भने क वर्गमा परेको हो ।
राम्रो कम्पनीको सुचिमा परेका १२ वटा बाणिज्य बैंकहरुमा बैंक अफ काठमाडौ,सिटिजन्स इन्टरनेशनल बैंक, ग्लोवल आइएमई बैंक, कुमारी, लक्ष्मी, माघापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसविआइ बैंक,एनआइसी एसिया बैंक,एनएमबी, सानिमा र स्ट्यान्डर्ड चार्टड बैंक रहेको नेप्सेले जनाएको छ ।
नेप्सेको सूचीकरणमा हाल २११ कम्पनीहरु संलग्न छन्।। सो मध्ये १७३ सूचीकृत कम्पनीहरु खराब रहेको नेप्सेले जनाएको छ ।
नेप्सेले जेड वर्गिकरणमा परेका सम्पुर्ण कम्पनीहरु खराव रहेको संकेत गरेको छ । ठिकै मानिएको ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् भने ’जी’ वर्गमा ३२ वटा कम्पनीहरु परेका छन्। सो बर्गमा अधिकांस हाइडो पावर र उत्पादनमुलक कम्पनीहरु परेका छन् ।
त्यस्तै सबैभन्दा खराव वर्ग ‘जेड’ समूहम बजारमा राम्रो भनिएका नविल बैंकसहित बाँकी १४ वटा बाणिज्य बैंक पनि परेका छन् । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सदेखि बन्द भइसकेका विराट सु, बुटवल स्पिनि मिल्ससम्म जेड समूहमा परेका छन्।
कतिपय कम्पनीहरुले क्रेडिट रेटिङ नगराएका तथा गरे पनि नेप्सेमा सो विवरण पेश नगरेका कारण ’ए’ र ’बि’ वर्गमा नसमेटिएको देखिन्छ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गीकरण सूची सार्वजनिक गर्दै आएको छ।
प्रकाशित वर्गीकरणबाट असन्तुष्ट कम्पनीहरुलाई कारण सहित ३५ दिन भित्र दाबी सहितको आवेदन दिन समय दिएको छ।
धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ’ए’ मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ।
वर्ग ए’’ जस्तै ’बि’ पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्दछन् । ’बि’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म जी वर्गमा राखिने उल्लेख छ । यसरी ’जी’ वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ’जेड’ वर्गमा पर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस