दार्चुला – अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेक आमालाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो ।
अपी हिमाल गाउँपालिकाको गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले जानकारी दिएका छन्। अहिलेलाई सुत्केरी आमा प्रोत्साहन कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले जानकारी दिएकी छिन् । सुत्केरी तथा गर्भवती महिलालाई पोषण स्वास्थ्यमा सुधार ल्याउन अहिले थोरै बजेटको शुरुआती गरिएको भएपनि आगामी वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
अपी हिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाभरि फागुनदेखि असारसम्म झण्डै ६० जना गर्भवती तथा सुत्केरी महिला रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द्रसिंह धामीले बताए । गाउँसभाले पदाधिकारीको पोसाक भत्ताका लागि छुट्याइएको बजेटलाई रकमान्तर गरी सो बजेटमार्फत अपाङ्ग, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने तथा गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस