सोल-चिनीको अधिक प्रयोगले मधुमेह रोगको प्रकोप बढाएको निस्कर्षका साथ चिकित्सकहरु नै मिडिया क्याम्पियनमा खटिएका छन् |
यसपछि भने दक्षिण कोरियामा चिनीको खपत उल्लेख्य रुपमा घटेको छ । गतमहिना सार्वजनिक एक अध्ययनले कोरियामा अघिल्लो बर्ष भन्दा यो बर्ष २ हजार ३५ मेट्रिक टन चिनी कम खपत भएको देखाएको छ ।
चिकित्सकहरुले शरीरका लागि आवश्यक गुलियोपदार्थ अन्य खानेकुराबाट प्राप्त हुने भन्दै चिनी सकेसम्म नखान वा खानै परे दिनमा बढीमा ४५ ग्राम खान सुझाव दिदै आएका थिए ।
सोही अनुसार जनताले चिनीको प्रयोगदरमा कमी गरेको प्रोफेसर डाक्टर जोन किम बताउछन् । तर उनले अहिले पनि चिकित्सकले तोकेभन्दा बढी नै प्रयोग भईरहेको बताउछन । ‘कोरियाली जनताले पहिले दैनिक २ सय ग्राम सम्म सहजै खाने गर्दथे । चिकित्सक र मिडियाको क्याम्पेनिङ प्रयोगदरमा आधाले कमी भएको छ । तर मापदण्डसम्म झरिसकेको छैन,’ प्राडा जोनले भने ।
कोरियाली जनतामा मोटोपना र मधुमेहको समस्या दिन प्रतिदिन बढदै गएपछि चिकित्सकहरु चिनीको प्रयोग विरुद्ध मिडिया क्याम्पेनिङमा लागेका हुन् । अहिले त्यहाँका सबै जसो टेलिभिजनले चिनीको प्रयोग नगर्न वा क मगर्ने बारेका चिकित्सकका सन्देशहरु प्रसार गरिहेका छन ।
चिकित्सकले चिनी सेतो बिष भएकाले यसको उपभोग नगर्न आग्रह गरेका छन् | यसको अधिक सेवनले मधुमेहका साथै, मोटोपना बढाउने, माइग्रेन, फ्याटीलिभर, टाउको दुख्ने, दाँतमा समस्या, छालामा समस्या, कोलेस्टेरोल बढने, तथा पेटको क्यान्सर, स्तन क्यान्सरको सम्भावना समेत बढने बताउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस