जलेश्वर-महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा अवस्थित स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ ।
स्वास्थ्य चौकीजस्तो स्थानमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि पुग्ने गरेका बिरामीलाई विभिन्न समस्या हुने गरेका स्वास्थ्य चौकी प्रमुख अहेव लक्ष्मण महतोले बताए ।
उहाँले वर्षांैदेखि सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नरहेको तथा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि ध्यान नदिँदा शौचालय जान र पानी पिउन निक्कै समस्या हुने गरेको जानकारी दिए।
तीन पुरुष र एक महिला कर्मचारी कार्यरत सो स्वास्थ्य चौकीमा पुरुष कर्मचारी शौचालयका लागि वरपर खुल्ला स्थानमै गइहाले पनि महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी प्रमुख महतोले बताए।
स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई पनि शौचालय र खानेपानीको अभावमा विभिन्न समस्या हुने गरे। उहाँले स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नहुँदा हुने गरेको समस्याबारे पटकपटक रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र वडाध्यक्ष शम्भु साहलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
नगर प्रमुख मण्डलले बजेट अभावका कारण अहिले तत्कालै सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको तर त्यहाँको समस्या चाँडै समाधान गर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस