काठमाडाै – पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ। मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि दुई घण्टासम्म पैदल हिँडेर पानी बोक्न बाध्य छन्।
पूर्वखोला गाउँपालिका–१ की डिलकुमारी परियारले जमलिया पँधेराबाट पानी लिएर घर पुग्दा दुई घण्टा वित्ने गरेको बताइन्। यहाँका स्थानीयले डोकोमा पानी बोकेर दैनिक ल्याउनुपर्ने बाध्यताले हैरान छन्। उकालोमा दैनिक दुई तीन गाग्री पानी बोकेर टार्नुपर्ने अवस्था छ।
सरकारले घरघरमा खानेपानीको धारा जडान गर्ने नीति ल्याए पनि दलित बस्तीमा खानेपानीको समस्यामा कमी आएको छैन। सार्वजनिक धारा, कुवा संरक्षण गर्न छाडेर सरकारले प्रत्येक घरमा खानेपानीका धारा जडान गर्ने काम प्रभावकारी हुन नसक्दा दलित समुदाय सबैभन्दा बढी समस्या भोग्न बाध्य छन्।
‘उकालोमा पानी बोक्दा समस्या हुन्छ, तर पनि पानी बोक्नुको विकल्प छैन,’ डिलकुमारी परियारले दुःखेसो गरिन्। खानेपानी समस्याका कारण दैनिक दुई तीन घण्टा पैदल हिँडेर पानी बोक्नुपर्ने समस्या निस्दी गाउँपालिका–५, गल्धामा पनि छ।
तानसेन– रामपुर सडकको स्तरवृद्धि गर्दा खानेपानीको मुहान धसिएपछि खोलामा नै जानुपर्ने समस्या आएको स्थानीयले बताएका छन्। गरिबीका कारण समेत खेतीयोग्य जमिनमा पहुँच नहुँदा डाँडाबस्तीमा बस्न बाध्य दलित समुदायको खानेपानीदेखि सबै क्षेत्रमा अझै पहुँच पुग्न सकेको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस