काठमाण्डौ – मङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ । यो प्रणाली मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसमविदको भनाई छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।
माघ १४ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस