काठमाडौं – नेपाली सेना, राष्ट्रिय सेना । नेपालीहरुले गौरव र विश्वास गर्न लायक संस्था अब यो मात्र छ भन्दा हुन्छ । राजनीतिक प्रभावले थिलथिलो भइसकेका अरु सरकारी निकायको तुलनामा नेपाली सेना बढी भरपर्दो देखिन्छ । पहिला न्यायलयप्रति पनि आम नेपालीहरुको आस्थार सम्मान ज्यादै उच्च थियो ।
तर पार्टीका कार्यकर्ताहरु नै न्यायाधीशमा भर्ती हुन थालेपछि र आफु अनुकूल आदेश, निर्णय नपाउँदा महाअभियोगको मुग्रो उज्याउन थालेपछि न्यायालयको भरपर्दोपन खिइँदै गएको अनुभव गरिएको छ ।
नेपाल समाचारपत्र दैनिकका अनुसार, प्रहरी र निजामती सेवामा धेरै अघिदेखि नै राजनीतिक शक्तिबाट थिचोमिचो गर्ने प्रवृत्ति हावी भइरहेको छ । सत्तामा रहेको पार्टीप्रति वैचारिक आस्था राख्ने तथा अनैतिक लाभ उपलब्ध गराउनेलाई काखी च्याप्ने र अरुलाई पंगु बनाउने प्रवृत्ति परम्पराको रुपमा विकास भइरहेको छ ।
साथै, जनताको काम गर्दा पनि‘कोसेली’खाने राणाकालीन दुष्चरित्र समाप्त हुनुको साटो झन मौलाउँदै गएको छ । यजसले गर्दा यी संस्थाहरु प्रतिको आस्था, विश्वास र सम्मान दु्रत रुपमा खस्किदै गएको छ ।
यस सन्दर्भमा नेपाली सेनाले धेरै हदसम्म आफूप्रतिको आस्था र विश्वासलाई जोगाइराख्न सकेको प्रतीत हुन्छ । विगतका ठूला राजनीतिक परिवर्तनमा पनि सेनाले धेरै हदसम्म तटस्थताको भूमिका निर्वाह गरेको थियो ।
शान्ति सेनामा नेपाली सेनाको योगदान विश्वभरि चर्चित छ । विकास निर्माण कार्यमा र मुलुकमा आइपरेका प्राकृतिक प्रकोपका घटनामा पनि नेपाली सेनाले आम नेपालीको मन जित्ने गरी उद्धार र सहयोग गरेको सारा नेपालीको मनमाताजै छ । जब ‘शाही नेपाली सेना’ ‘नेपाली सेना’मा रुपान्तरण भयो, त्यसपछि झन सेनाप्रतिको अपनत्वमा अभिवृद्धि भएको छ ।
नेपाली सेनामा राजनीतिक प्रभाव न्यून हावी भएपनि आफ्नै कारणले नेपाली सेनाको ओज मरिच झैं चाउरिन लागेको महसुस हुँदैछ ।
नेपाली सेनाले नयाँ सडकमा रहेको सैनिक अस्पताल भत्काएर ठूलो अस्पताल बनाउने र सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने कुरा प्रकाशमा ल्याएको थियो ।
नेपाली सेनाले सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने चर्चाले आम नेपालीलाई निकै न्यानोपन महसुस गराएको थियो । सधैंजसो उपकरणहरु बिगारेर थन्क्याइने अरु सरकारी अस्पतालको भिडभाडपूर्ण तथा सीमित स्वास्थ्य सेवा र निजी अस्पतालको महँगो स्वास्थ्य सेवाबाट आक्रान्त बनेका विशेष गरी रेफरल सेवाको आवश्यक पर्ने विरामीहरु नेपाली सेनाले ठूलो अस्पतालबाट सबैलाई सेवा दिने आशले प्रतीक्षारत थिए ।
तर ती आशामुखी नेपालीहरु त्यसवेला छाँगाबाट खसेजस्तै भएजुन बेला नेपाली सेनाले अस्पतालको लागिनयाँ सडकमा विशाल भवन बनाएर अस्पताल सञ्चालन गराउनुको साटो पसल सञ्चालनका लागि व्यापारीलाई भाडामा दिने सूचना निकाल्यो ।
उच्च स्तरको बृहत्स्वास्थ्य सेवा दिने विविध विभागहरुको साइनबोर्ड झुण्डिनुपर्ने ठाउँमा अहिले पसलका लागि बुकिङ खुला भएको ब्यानर झुण्डिरहेको देख्दा सर्वसाधारण नेपालीको मन कटक्क हुन्छ । नचाहँदा नचाहँदै पनि नेपाली सेनाले झुक्याएको अविश्वासको भाव पैदा भैदिन्छ ।
त्यस्तै, राजधानीको छाउनी ब्यारेकले चर्चेको जमिन केहीवर्ष अघिसम्म राजधानी शहरभित्रको हरियालीयुक्त सबैभन्दा ठूलोखुला क्षेत्र थियो । सोहीकारण एकपटक कुनै विदेशी संस्थाले गरेको अध्ययनमा सो क्षेत्र राजधानीशहरको सबैभन्दा प्रदूषणमुक्त क्षेत्र भएको रिपोर्ट निकालेको थियो ।
२०७२ सालको भूकम्पका बेलाखुला क्षेत्रको अभाव भई नागरिकहरुलाई अस्थायी बसोबासमा कठिनाइ भएको महसुस गरी सरकारले उक्त क्षेत्रलाई आपत्कालीन अवस्थामा प्रयोग गर्ने उद्देश्यले छुट्टै खुलाक्षेत्रका रुपमा विकास गर्ने कुरा प्रकाशमा ल्याएको थियो ।
तर त्यसको केही समयपछि सो खुला क्षेत्रमा सेनाले व्यापकरुपमा भवन निर्माण कार्य अघि बढाएर खुला क्षेत्र निमिट्यान्न पार्ने स्थितिमा पु¥याएको छ । संघीय राजधानी रहेको महानगरभित्र खुला र हरियालीयुक्त जमिनको महत्व नेपाली सेना, सरकार, महानगर पालिकाले बुझेर पनि नबुझेको जस्तो गर्नु विडम्बनापूर्ण हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस