काठमाडौँ — चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया हुँदै अहिले नेपालसम्म आइपुगेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोराना भाइरस देखिएको पुष्टि गर्यो। नेपालमा भने कोराना भाइरसको परीक्षण उपलब्ध छैन।
चीनको वुहानमा पीएचडी अध्ययनरत एकजनामा यसको संक्रमण देखिएको छ। गत जनवरी ५ मा नेपाल आएका उनलाई ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि जनवरी १३ मा अस्पताल भर्ना भएका थिए।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलन वार्डमा राखेर उनको उपचार गरियो।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगत र र्यालको नुमना परीक्षणका लागि उनको रिपार्ट गत मंगलबार विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइएको थियो। नुमना परीक्षणका क्रममा उनमा कोराना भाइरस संक्रमणको भएको पुष्टि भयो।
भाइरस संक्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षणकै बेलामा घर पठाइयो। उनलाई उपचारमा आएको ४ दिनमै ठीक भएको भन्दै डिस्चार्ज गरियो। यसले विभिन्न प्रश्नहरु खडा गरेका छन्।
चीन र अन्य देशले महामारीको रुपमा यो भाइरस फैलिरहेको बताउँदै निकै नै संवेदनशील भएर रोकथामका लागि परिरहेका छन्।
ती देशहरुले उच्च सर्तकता अपनाइरहेका छन्। भाइरस फैलिन नदिन चीनका केही प्रान्तमा यातायात तथा उडान सेवा समेत बन्द गरिएको छ। कोरोना भाइरस प्रभावितको उपचारका लागि चीनले तीव्र गतिमा छुट्टै १ हजार शैयाको अस्पताल बनाइरहेको छ। कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस