काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद कांग्रेसले पाउनुपर्ने बताएको आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ |
समाचार अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रतिनिधिसभाको उपसभामुख पद कांग्रेसले पाउनुपर्ने देउवाले बताएका हुन्।
बैठकमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए।
सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले पाउनुपर्ने कुरा राखेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ।
उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ। छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेम्वाङले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस