भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मुलुकभर विभिन्न बहानामा गरिने विकास विरोधीको हिसाव–किताब हुने उल्लेख गर्दै विकास विरोधीलाई जनताले गाउँ गाउँबाट लखेट्ने चेतावनी दिएका छन् ।
आज मध्यपुरथिमिको राधेराधेस्थित ईजी ट्रायल सेन्टरमा आयोजना गरिएको हनुमन्ते सफाई अभियानको आज १०० हप्ता तथा अरनिको राजमार्गमा सुरु भएको सोलार बत्ति जडान, हरियाली प्रर्बद्धनका कार्यक्रममा बोल्दै सांसद बस्नेतले सांसद बस्नेतले विकास विरोधीको हिसाव–किताव जनताले राख्ने बताएका हुन् |
सो अवसरमा सांसद बस्नेतले हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गरे ।
हनुमन्ते करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने बताउँदै करिडोरको विरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजायँ दिने बताए |
बस्नेतले देशकै नमूना बनेको हनुमन्ते सफाई अभियानलाई अब नयाँ मोडलमा अगाडि बढाई चारवटै नगरपालिकाले संचालन गर्ने गरि अगाडि बढाईने बताए ।
हनुमन्ते सफाई अभियानका अगुवाईकर्ता समेत रहेका सांसद बस्नेतले अब हनुमन्ते होस वा सडक जहाँ काही फोहोर गर्नेलाई नगरपालिका, जिल्ला प्रशासन र प्रहरीले कारबाही गर्नुपर्नेमा जोड दिए | उनले भने ‘फोहोर गर्नुपनि सामाजिक अपराध हो सार्वजनिक मुद्धा लगाएर फोहोर गर्नेलाई सजायँ दिनुपर्छ |’
उनले हनुमन्ते सफाई अभियानबाट निरन्तर ६० दिन अरनिको राजमार्ग सफाई, अरनिको राजमार्गमा सोलार बत्ति जडान, हरियाली प्रर्बद्धन, विपद सामाग्री व्यबस्थापन जस्ता कार्यक्रम उपलब्धीका रुपमा आएको चर्चा गरे ।
भक्तपुरको विकास देश कै पूर्वी नेपालसँग जोडिएको चर्चा गर्दै उनले भक्तपुरमा आएको विकास रोक्न खोज्नेलाई जनता आफैले लखेट्छन् भन्दै जनप्रतिनिधी समेत विकास रोक्न लागेकोले तिनलाई जनताले हिसाब राख्ने बताए ।
सरकारले हनमन्ते करिडोर निर्माणको लागि यसवर्ष १ अर्ब ९९ करोड रुपैया र हनुमन्तेको फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि १ अर्ब रुपैया बजेट बिनियोजन गरेको बताउदै उनले अबको दुई वर्षमा हनुमन्तेमा सफा पानीमा माछा खेलेको देख्न पाईने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस