तत्कालको द्वन्द्व टरेर पौडेल–सिटौला समूह केन्द्रीय समिति बैठकमा बस्ने वातावरण बन्यो । तर, समायोजन सकाउने, सदस्यताको विषय टुंग्याउने झमेलाले कार्यतालिका फेरि पनि प्रभावित हुन सक्ने
प्रमुख प्रतिपक्षी दल कांग्रेसमा देखिएको किचलो मत्थर हुने भएको छ । पौडेल–सिटौला समूहको दबाब थेग्न नसकेपछि गत ११ पुसमा गरिएको बहुमतको निर्णयबाट सभापति शेरबहादुर देउवा पछाडि हटेका छन् ।
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसार २६ मंसिरमा केन्द्रीय समिति बैठक सुरु भएदेखि नै पौडेल–सिटौला पक्षको बहिष्कारका बीच संस्थापनले बहुमतबाट १४औँ महाधिवेशनको कार्यतालिका, विभाग गठन, क्रियाशील सदस्यका विषयमा विधानको धारा निलम्बनजस्ता महत्वपूर्ण निर्णय गरेको थियो । यसपछि कांग्रेसमा आपसी तिक्तता झन् बढेर गएको थियो ।
एक महिना लामो कसरतपछि बहुमतको निर्णयलाई सच्याउँदै महाधिवेशन गर्ने मुख्य मिति (२०७७ फागुन ७ देखि १०) बाहेकका कार्यतालिकाका अरू विषयमा परिमार्जन गर्न सभापति देउवा तयार भएका हुन् ।
अब तीन दिनमा महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकले महाधिवेशनको बाँकी कार्यविधि र कार्यतालिकालाई परिमार्जन गरेर १३ माघमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्ने भएका छन् ।
देउवानिवास बूढानीलकण्ठमा शुक्रबार दिनभर भएको शीर्ष तहको वार्तामा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
‘१४औँ महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने र बाँकी विषयमा कार्यविधि र कार्यतालिकामा छलफल गरी परिमार्जनको प्रस्ताव १३ माघमा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्छौँ,’ महामन्त्री पूर्णबहादुर खड्काले नयाँ पत्रिकासँग भने, ‘क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र यसअघि केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघको तदर्थ समिति गठन गर्ने समझदारी भएको छ ।
छलफलमा सहभागी नेता सिटौलाले निष्पक्ष महाधिवेशन हुने गरी कार्यतालिका परिमार्जन गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने समझदारी भएको जानकारी दिए ।
‘फागुन ७ ऐतिहासिक दिन भएकाले पनि महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने, तर महाधिवेशन निष्पक्ष, सुनिश्चित हुने ग्यारेन्टीका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्न र कार्यतालिका परिमार्जनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ,’ सिटौलाले भने, ‘बहुमतको निर्णयले संकट गहिरिएर गएको थियो । अब प्रतिस्पर्धा स्वच्छ महाधिवेशन निष्पक्ष बनाएर एकताको महाधिवेशनमा जानुपर्छ ।’
छलफलमा सहभागी नेता रिजालले अब १३ माघसम्म परिमार्जनको प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस हुने जानकारी दिए । ‘हामीसँग अझै तीन दिन बाँकी छ । यसबीचमा महाधिवेशको मुख्य मितिबाहेक कार्यविधि र कार्यतालिकालाई संशोधन गर्ने गरी हामी प्रस्ताव तयार गर्न लाग्छौँ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस