काठमाडौं – सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ।
यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए। काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ। चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन्। ‘दसैंपछि वैधानिक रूपमा एउटा पनि खसीबोका काठमाडौंमा ल्याइएको छैन। चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्, ‘यसमा सरकार जिम्मेवार हुनुपर्छ। भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन्।’
विभागले २०७५ फागुन २६ गतेदेखि क्वारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो। खसीबोका नेपाल भित्र्याउन सम्बन्धित देशले नै स्वस्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा गुणस्तर प्रमाणसमेत प्राप्त गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्न व्यापारीलाई महिनौं लाग्छ।
भारतीय खसीबोका सहज रूपमा भित्रिन नपाएपछि नेपालको उत्पादनले बजार धान्न सकेन। त्यसपछि भारतीय खसीबोका अवैध रूपले नेपाल छिराउने र राजधानीसम्म ल्याउने काम गिरोहले गरिरहेको छ। जसका कारण राजस्व ठूलो मात्रामा नोक्सान भइरहेको छ। यति मात्र होइन, अवैध तरिकाले आउने खसीबोकाको क्वारेन्टाइन परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा छ।
काठमाडौंमा दिनहुँ ठूलो परिमाणमा खपत हुने रातो मासु अवैध तवरले भारतबाट भित्र्याइने खसीबोकाकै हुन्छ। प्रश्न उठ्छ– भारतीय खसीबोका कहाँबाट राजधानी भित्रिन्छन् रु पशु क्वारेन्टाइन कार्यालय कृष्णनगर कपिलवस्तुका एक कर्मचारीका अनुसार भारतबाट ठूलो मात्रामा खसीबोका अवैध तरिकाले कपिलवस्तुसम्म भित्रिरहेको छ। ‘हामीले भेटेसम्म नियन्त्रणमा लिइरहेका छौं तर अवैध ढंगले ल्याउने क्रम रोकिएको छैन’, ती कर्मचारी भन्छन्, ‘गिरोहले भारतबाट मासिक १० हजारजति खसीबोका भित्र्याउने गरेका छन्। यो काममा प्रहरीदेखि भेटेरिनरी डाक्टरसम्मको मिलेमतो हुन्छ।’
पछिल्ला तीन महिनामा कपिलवस्तुबाट ठूलो मात्रामा खसीबोका राजधानी भित्र्याइएको कागजपत्र अन्नपूर्णलाई प्राप्त भएको छ। पुसमा मात्रै उक्त जिल्लाबाट तीन कम्पनीले ४ हजार ८ सय ४४ वटा भित्र्याए। तीन कम्पनीमध्ये दुइटा कपिलवस्तुका होइनन्। अर्कै जिल्लामा दर्ता कम्पनीले किन कपिलवस्तुबाट मात्रै खसीबोका राजधानी पठाइरहेका छन् रु यी कम्पनीको शंकास्पद कारोबारसहितका कागजपत्र अन्नपूर्णले पाएको छ। यी कम्पनीका नाममा अन्य व्यक्तिले नै खसीबोकाको अवैध कारोबार गरिरहेको स्रोत बताउँछ। केही कम्पनीका मालिकसमेत यो काममा संलग्न रहेको ती स्रोतको दाबी छ। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस