काठमाडौ-हरेक मानिसको स्वाद लिने तथा खानपान शैली फरक हुन्छ । मानिसहरुले आफ्नो मानसिक स्थिति अनुरुप खानेकुरा खोज्दछ । हालै गरिएको एक अध्ययनले यस्तै तथ्य सार्वजनिक गरेको छ ।
मनोविदहरुका अनुसार रातको समयमा गुलियो तथा नुनिलो खाना खान मन पराउने मानिसहरुमा मानसिक कमजोरी पाइने गरेको छ ।
अध्ययनका अनुसार नुनिलो खाना धेरै मन पराउने मानिसहरुमा रिस, वितृष्णा तथा थकान पाइने गरेको छ । त्यस्ता मानिसहरु जति तनावमा भयो, त्यति नै नुनिलो खान मन पराउछन् । यसको कारण नुनिलो खाद्यान्नले तनाव उत्पन्न गराउने हर्मोन घटाउन सहयोग गर्दछ ।
अर्को एक अध्ययनले गुलियो पदार्थको सेवन गर्ने मानिसहरुमा एक्लोपनको समस्या हुने गरेको देखाएको छ । एकल आमाहरु तथा साथिहरु सँग सुमधुर सम्बन्ध नभएका मानिसहरु गुलियो धेरै सेवन गरेर आफूलाई नियन्त्रण गर्दछन् ।
गुलियो खानपानले मानिसहरुमा तनाव मथ्थर गर्न केही हदसम्म सहयोग गरे तापनि पछि गएर डीप्रेशनको समस्या समेत ल्याउने उनीहरु बताउछन् ।
विज्ञहरु भने यस्ता पदार्थहरुको अधिक प्रयोगको सट्टा नियमित काम तथा पर्याप्त निद्रामा विशेष जोड दिन सल्लाह दिन्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस