काठमाडौं -हस्तमैथुनलाई लिएर मानिसमा केही किसिमका भ्रम छन् । कतिपय मानिस यसलाई गलत मान्छन् । कतिपय सही । तर, विज्ञान यसलाई गलत मान्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि सामन्य र राम्रो मानिन्छ ।
हस्तमैथुनसँग जोडिएका महत्वपूर्ण कुरा तपाईं त्यतिबेला ख्याल गर्न सक्नुहुन्छ, त्यसभन्दा अगाडि यी कुरा त जान्नुस् ।
हस्तमैथुन के हो
आफुलाई राम्रो र खुसी महशुस गराउनका लागि आफ्नो “प्राइवेट पार्ट’ छुनुहुन्छ भने त्यसलाई हस्तमैथुन मानिन्छ । हरेक मानिस यसलाई अलग अलग तरिकाले गर्छन । हस्तमैथुनका बेला मानिस आफ्नो दिमाग ती खुसीका क्षणको कल्पना गर्छ र त्यसका बारेमा सोचेका हुन्छन् ।
के हस्तमैथुन गलत छ ?
बिल्कुल छैन । यो आफुलाई राम्रो र खुसी महसुस गराउने एक प्राकृतिक तरिका हो । यसबाट तपाईं आफै आफुलाई खुसी दिन सक्नुहुन्छ । यसलाई निकै नीजि मामला मानिन्छ । यो कुराको ध्यान रहोस् कि सार्वजनिक स्थालमा यसो गर्नु गैरकानुनी मानिन्छ ।
यसलाई केटा र केटी दुवैले गर्छन । केटालाई १७ बर्षपछि यस्तो गर्ने इच्छा जाग्छ । यद्यपी केही यूवा यस्तो गर्दैनन् । जबसम्म हस्तमैथुन गर्ने कुरा मनले मान्दैन, तवसम्म यसो गर्नु हुँदैन ।
स्वास्थ्यका लागि हानिकारक छ ?
छैन् । हस्तमैथुन तपाईंलाई अन्धा वा पागल बनाउदैन । यसो गर्दा आँखामूनि कालो हुँदैन र यसले शारिरिक विकासमा अवरोध पनि गर्दैन ।
बरु सच्चाई यो छ कि यसो गर्दा तपाईंको तनाव कम हुन्छ । शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलीज हुन्छ, जसले तपाईंलाई रिलायक्स दिन्छ । यो तपाईंलाई सुत्नमा मुद्दत गर्छ । तपाईंको नीजि अंगलाई सक्रिय राख्छ ।
यसो गर्दा तपाईंलाई थाहा हुन्छ कि, तपाईंको शरीरलाई के चाहिएको छ । मतलव तपाईं हुनेवाला पार्टनरलाई आफ्नो इच्छाका वारेमा बताउन सक्नुस् ।
यसलाई सुरक्षित सेक्सको राम्रो तरिका मानिन्छ । केटीहरुले यसो गर्दा सुरक्षामा ध्यान दिनुपर्छ । ब्याक्टिेरिया भएको बस्तु प्रयोग गर्नु हुँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस