काठमाडौं – नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ।
छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले चीन र नेपालबीचमा मानिसको आवतजावत बाक्लिँदै गएकाले नेपाल पनि कोराना भाइरसको उच्च जोखिममा रहेको बताए।
कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले बेलैमा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। उक्त भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिकालगायत मुलुकमा फैलिएको देखिएकाले नेपालमा पनि फैलिने उच्च सम्भावना रहेको पुनले बताए।
सरकारको तयारी छैन
चीनमा फैलिएको कोराना भाइरस कुनै पनि बेला नेपालमा भित्रिन सक्ने चेतावनी विज्ञले दिए पनि सरकारले अहिलेसम्म कुनै पूर्वतयारी गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको हेल्प डेस्कसमेत एचएको भरमा चलिरहेको छ।
हेल्प डेक्स हेर्नेगरी एचएको नेतृत्वमा खटिएका कर्मचारीसमेत नियमित बस्दैनन्। समायोजनले गर्दा त्यो हेल्प डेस्कमा खटिएका प्राविधिक र कर्मचारी पनि अन्य ठाउँमा गएकाले नाम मात्रको हेल्प डेस्क रहेको स्वास्थ्य मन्त्रालयकै कर्मचारीको टिप्पणी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सलाई सक्रिय बनाउने तयारी थालिएको दाबी गरे। महामारी तथा रोग नियन्त्रण महाशाखा अधिकारीले हेल्थ डेक्स सक्रिय बनाउनेदेखि सचेतना फैलाउने तयारीमा लागेको बताए। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस