काठमाडौँ – पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल पुगे ।
स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक चिकित्सकलाई दाङबाटै फोन गरी ‘राम्ररी उपचार गरिदिन’ भनेका थिए । तिनै नेताकै सिफारिसमा शिशिर सीधै कान्ति बाल अस्पतालका ती चिकित्सकको सम्पर्कमा पुगे ।
ती चिकित्सकले सो अस्पतालमा शल्यक्रिया गर्न महिनौँ पर्खिनुपर्ने हुनसक्छ भन्दै नजिकको एक अस्पतालमा गए सोही दिन शल्यक्रियाको प्रवन्ध गरिदिने बताए ।
घर फर्किनुअघि ती चिकित्सकसँग परामर्श गर्न सोही अस्पतालमा आइपुगेका शिशिरले महिनौँ पर्खिनुभन्दा त्यसै दिन ‘अप्रेसन’ हुने भनेपछि मैले सहमति दिएँ ।
त्यसै दिन साँझ अप्रेसन गरेर मिर्गौलाको पत्थरी फाालियो भने । उनका अनुसार नजिकैको निजी बाल अस्पतालमा छोराको शल्यक्रिया गरिएको थियो ।
औषधि र शय्याबाहेक शल्यक्रियाका लागि मात्र ५० हजार रुपियाँ उतिखेरै उहाँले त्यस निजी बाल अस्पताललाई बुझाउनुप¥यो । शिशिर आर्थिक रूपमा सम्पन्न भए ।
त्यसैले छोराको पीडा देख्न नसकी अस्पतालले मागे जति रकम तत्कालै बुझाए । उता सिरहाका सन्तोष मण्डलले साढे दुई वर्षका छोराको पीडा देख्दादेख्दै पनि आर्थिक अभावले शल्यक्रियाका लागि आठ महिना पर्खिनुप¥यो ।
मलद्वारको संरचना नभएका ती बालकको उपचार गराउन गत वैशाखमा सन्तोष कान्ति बाल अस्पताल आइपुगेक थिए।
चिकित्सकले शल्यक्रियाका लागि माघ १ गते समय दिए । त्यतिन्जेल काम चलाउन चिकित्सकले कोखामा सानो प्वाल बनाईदिएका थिए, त्यहीँबाट दिसा निस्कन्थ्यो ।
सन्तोषले छोराले आठ महिना पीडा भोग्नुप¥यो । अप्रेसनका लागि धेरै मानिस छन् त्यसैले पालो पर्खिनुपर्छ भनेर वैशाखमा डाक्टरले भनेका थिए । रकम अभावले निजी अस्पतालमा लिएर जानसक्ने स्थिति थिएन ।
आठ महिनापछि छोराको अप्रेसन भयो । चार घण्टाको अप्रेसनपछि छोराले अब मलद्वारबाटै दिसा गर्ने भएको छ भने । गोरखापत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस