काठमाडौं- कार सुरक्षा परीक्षण निकायहरूको सर्वोच्च निकाय ग्लोबल एनसीएपीले महिन्द्रा एक्सयूभी ३०० लाई उच्चतम फाइभस्टार सुरक्षा रेटिङ प्रदान गरेको छ ।
एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभस्टार रेटिङप्राप्त भारतीय सवारीसाधनमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको महिन्द्राले बताएको छ ।
२० अर्ब ७ करोड अमेरिकी डलरको महिन्द्रा ग्र्पको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राको कम्प्याक्ट एसयूभी–३०० ले सो रेटिङ पाएको हो । एक्सयूभी ३०० बालबालिकाको सुरक्षामा पनि फोरस्टार रेटिङ पाउने पहिलो भारतीय सवारी हो ।
फाइभस्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो । छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शनमा सबै फाइभस्टार रेटिङ पाएका कारमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम भएको कम्पनीको दाबी छ ।
‘यो उपलब्धि महिन्द्राका लागि गर्वको विषय हो, फाइभस्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तरको प्रतिबद्धतालाई पुष्टि गरेको छ,’ महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले बताए ।
महिन्द्रा एक्सयूभी ३०० मा ७ ओटा एयरब्याग, चार ओटै पांग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमसहितका ‘फस्र्ट–इन–सेगमेन्ट’का थुप्रै विशेषता छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस