सोल – हिउँदे ओलम्पिकको समापन समारोहमा सहभागी हुन अमेरिकी टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया पुगेकी राष्ट्रपति डोनाल्ड ट्रम्पपुत्री इभान्काले उत्तर कोरियामाथि ‘अधिकतम दबाब’ सिर्जना गर्नुपर्ने बताएकी छन्।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङको भ्रमणको २ सातापछि दक्षिण कोरिया पुगेकी ट्रम्पपुत्रीको यो भनाइ दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग बाझिन पुगेको छ।
शुक्रबार इभान्काले राष्ट्रपति मुनसँग डिनर गरेकी छन्। मुनले दुई कोरियाबीच सक्रिय संवादले कोरियाली प्रायद्वीपमा शान्तिका लागि योगदान पुग्ने बताए।
इभान्काले भने प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियामाथि अधिकतम दबाब दिइनुपर्ने तर्क गरिन्।
इभान्का दक्षिण कोरिया पुग्दैगर्दा अमेरिकाले हालसम्मकै ठूलो मानिएको नाकाबन्दी उत्तर कोरियामाथि घोषणा गरेको छ। यो प्रतिबन्ध २७ व्यापारिक तथा जलपरिवहन कम्पनी र २८ व्यक्ति तथा जहाजलक्षित छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस