गलकोट– नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएका छन् ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहेका उनले बागलुङमा धेरै पयटकीय गन्तव्य भए पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् ।
“पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्”, पौडेलले भने, “बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस ।” बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुराँ व्यवसायी सङ्घको पहलमा बागलुङ र पोखराबीच पर्यटनमा सहकार्य गर्न पहिलोपटक संस्थागतरुपमै पहल थालिएको छ ।
सोअन्तर्गत बागलुङका पर्यटन व्यवसायी बुधबारदेखि पोखरामा छन् । पोखराका होटल तथा अन्य पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन र सहकार्य गरी पर्यटकीय गतिविधि बढाउनका लागि पर्यटकीय राजधानी पोखरा आएका बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । “ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्छ”, पोखराका पर्यटन व्यवसायी वासु त्रिपाटीले भने, “पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्नेछ ।”
पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस