सोल -आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ । यी दुई देशबीचका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ ।
उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि कुराकानी हुने भएको बताइएको छ ।
सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार दिएको छ । उक्त मन्त्रालयका अनुसार सो वार्ता आगामी मङ्गलबारका लागि तय गरिएको छ ।
सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा आजैमात्र सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको हो ।
उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मङ्गलबार अर्थात् फेबु्रअरी २८ मा विहान १० बजेबाट सुरु हुने भएको बताइएको हो । सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहने बताइएको छ ।
यस वार्ताका लागि दक्षिण कोरियाले तीन सदस्य पठाउने छ भने उत्तरका लागि पनि त्यनि नै संख्यामा सदस्यहरु आउने छन् । यस वार्ता टोलीले हालै भएको शीतकालीन ओलम्पिकको समीक्षाका साथै आगामी दिनमा यी दुई देशबीच हुन लागेको भनिएको उच्चस्तरीय वार्ताको बारेमा पनि कुराकानी हुने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस