सोल – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा कडा’ नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्। सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीहरु विरुद्ध लक्षित हुनेछ।
उत्तर कोरियाले अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा नाकाबन्दीहरु लगाउनु परेको अमेरिकी अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति ट्रम्पकी छोरी इभांका दक्षिण कोरिया पुगेको केही घन्टाभित्रै यो घोषणा गरिएको हो। उनले त्यहाँ उत्तर कोरिया विरुद्ध अत्यधिक दबाब दिन आह्वान गरेकी थिइन्। उनले दक्षिण कोरियामा जारी हिउँदे ओलिम्पिक्स समापन समारोहमा भाग लिनेछिन्।
हिउँदे ओलिम्पिक्सको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागी भएका थिए।
अधिकांश पानी जहाज कम्पनीहरु लगायत नाकाबन्दी लगाइएका १६ वटा कम्पनीहरु उत्तर कोरियाली हुन्। अन्य कम्पनीहरुमध्ये पाँचवटा हङकङमा, दुई दुईवटा चीन र ताइवानमा तथा एकएक वटा पनामा र सिंगापुरमा दर्ता गरिएका छन्।
यस अघि गत डिसेम्बर महिनामा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दीहरु लगाएको थियो।
संयुक्त राज्य अमेरिकाले गएको एक दशकदेखि नै उत्तर कोरिया विरुद्ध विभिन्न नाकाबन्दीहरु लगाउँदै आएको छ। हालै उत्तर र दक्षिण कोरियाबीचका संबन्धहरुमा सुधार आएता पनि अमेरिकी अधिकारीहरु उत्तर कोरियाको आणविक खतरा कायमै रहेको बताउँछन्।
गत वर्ष उत्तर कोरियाले वाशिङटनसम्मै मार हान्न सक्ने क्षमता भएको भनिएको लामो दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर कतिपयले त्यो उत्तर कोरियाली प्रचारवाजीकै एउटा अंग हुनसक्ने पनि बताएकाथिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस