डोटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) संसद्बाट पास गरे घातक हुने बताएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आज जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताए । उनले भने, ‘एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ ।’
राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ । उनले भने, “डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिन्छ ।”
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमको पर्यटन विकासका लागि प्रदेश मन्त्रालय सदैव अग्रसर रहेको बताएका छन् । उनले भने , “सुदूरपश्चिममा रहेका कला, संस्कृति, विभिन्न पर्यटन तथा धार्मिकस्थलको विकास र प्रचारप्रसारका लागि प्रदेश मन्त्रालय लागिपरेको छ, हामीसँग अथाह पर्यटन क्षेत्र छन्, सबैले त्यसको प्रचार गर्न जरुरी छ ।”
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले डोटीको पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढिरहेको बताए । उनले भने, “हामी पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खटिएका छौँ, यहाँका पर्यटकीय क्षेत्रको बारेमा देश विदेशमा चिनाउने छौँ ।” उक्त कार्यक्रममा जिल्लाभरि रहेका पुराना कला, संस्कृति झल्किने खालका डेउडा, हुड्के, छलिया, गमरा, भुवाँलगायतका कला संस्कृति प्रस्तुत गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस