चितवन– बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताएका छन् । नेपाल आउनुभएका राजदूत थापाले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताए ।
जनवरी १ मा ठाउँठाउँमा ब्रोसर बाँडिएको, अघिल्लो दिन क्रिश्चियन बजारमा प्रचार गरिएको, हरेक हप्ताजसो विभिन्न शहरमा भ्रमण वर्षका कार्यक्रम गरिँदै आएको, त्यहाँ हुने विभिन्न कार्यक्रममा राजदूतावासले सहभागिता जनाइ भ्रमण वर्षको निम्तो र प्रचार गरिरहेको उनले जानकारी दिए ।
नेपालीको बसोबास रहेको समुदायले कुनै एक कार्यक्रम गर्ने गरी गतिविधि गरिरहेको, नेपाली रेष्टुराँमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकरहरु टाँसिएको उनले जानकारी दिएका छन् । जनवरी ७ मा औपचारिकरूपमा भ्रमण वर्षको त्यहाँ शुभारम्भ गरिएको थियो । राजदूतावासले एन्टोपेन शहरमा अहिले भइरहेको ‘टुरिज्म फेस्टिबल’मा सहभागिता जनाएर प्रचार गरिरहेको छ । फेब्रुअरी ६ मा ब्रसेल्समा हुने होलिडे कार्यक्रममा सहभागिता जनाउने राजदूत थापाले जानकारीदिए ।
बेल्जियमका बासिन्दा अफ्रिका, लावस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, सिङ्गापुर जाने धेरै हुने गरेको भन्दै उनीहरुलाई नेपालतर्फ आकर्षण गर्न राजदूतावास लागिरहेको राजदूत थापाले बताए । गैरआवासीय नेपाली महासङ्घका सहकोषाध्यक्ष लोक दाहालले बेल्जियमलगायतका देशमा भ्रमण वर्षको प्रचार भइरहेकाले पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरे । बेल्जियमकी राजकुमारी एस्ट्रीडको अहिले भइरहेको भ्रमणले भ्रमण वर्षमा नेपाल पर्यटक भित्र्याउन थप मद्दत पुग्ने उनले बताए ।
एनआरएनए बेल्जियमका पूर्वमहासचिव दाहालले गत वर्षको भन्दा दोब्बर बढी पर्यटक बेल्जियमबाट भित्र्याउन आफूहरु लागिपरेको बताए । बेल्जियममा आठ हजार हाराहारी नेपाली छन् । बेल्जियमको जनसङ्ख्या एक करोड २० लाख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस