विमलबहादुर- विष्ट डोटी-यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा निकै चहलपहल बढेको छ ।
चहल पहलसँंगै यहाँका बजारमा समेत रौनक छाएको छ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदानका लागि यहाँ आउन थालेपछि बजारमा रौनक छाएको हो ।
मतदान गर्न आउने जनप्रतिनिधिका कारण यहाँका बजारमा रहेका होटेल तथा अतिथिगृह भरिभराउ हुन थालेको वर्षा होटेल दिपायल पिपल्लाका गणेश बोहराले बताए।
उहाँले भन्नुभयो, “जनप्रतिनिधिहरुले यहाँका होटेल, गेष्ट हाउस दुई दिनका लागि बुक गरेका छन्, बजारमा व्यवसाय पनि राम्रै फष्टाएको छ ।”
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशको मतदानस्थल जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनायारण माविमा तोकेपछि प्रदेश तथा मन्त्री, सांसद, जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख अहिले डोटी आउन थालेका छन् । यहाँका कतिपय जिल्लाबाट मङ्गलबार राति नै प्रमुख÷उपप्रमुख दिपायल, राजपुर तथा सिलगढी आइसक्नुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मतदानका लागि आउने जनप्रतिनिधिको स्वागतका लागि दिपायल सिलगढी नगरपालिकाले विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गर्नाका साथै आवासका लागि खाली भएका सरकारी भवनमा व्यवस्था मिलाएको नगर प्रमुख मञ्जु मलासीले बताए।
उहाँले भन्नुभयो, “निर्वाचनमा भाग लिन आउनुहुने सबै जनप्रतिनिधिहरुलाइ सजिलो र सहजताका लागि हामीले आवासको व्यवस्था मिलाएका छौँ, सबै जनालाई जिल्लामा राम्रो स्वागत गर्ने छौँ ।”
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि बिहीबार निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा र बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।
निर्वाचनमा सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १७६ गरी कुल २२९ मतदाता छन् । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाए।
दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
A निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग पु¥याउने उदेश्यले नेकपा र काँग्रेसका केन्द्रीयस्तरका नेतासमेत अहिले डोटी आइपुग्नुभएको छ । केन्द्रीयस्तर तथा प्रदेशस्तरका नेताहरु जिल्लामा आएपछि कुनै बेला सुनसान भएको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी चहलपहलमय देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस