कञ्चनपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।
शुक्लाफाँटा नगरपालिका–४ असंैना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उहाँले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भनेका छन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गरे । अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उनले बताएका छन् ।
“सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको छ”, उनले भने, “जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ । नडराइकन बस्नोस् । अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउँछौँ ।” सो अवसरमा प्रतिनिधिसभाका सदस्य नरबहादुर धामीले पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत चालु आवमा रु २५ लाख बजेट विनियोजन भइसकेकाले सो कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस