काठमाडौं- ‘द हेन्ले पासपोर्ट सूचांक’ले संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ। अमेरिकी समाचार एजेन्सी सिएनएनमा प्रकाशन भएअनुसार संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान परेको छ।
जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो अग्रणी भएको हो। द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ।
जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले लेखेको छ। त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ।
१८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन्। चौथोमा इटाली र फिनल्यान्ड (१८८ देश), पाँचौं स्पेन, लक्जेम्वर्ग र डेनमार्क (१८७), छैठौं स्विडेन र फ्रान्स (१८६), सातौं स्विटजरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड र अस्ट्रिया (१८५), आठौं अमेरिका, युके, नर्वे, ग्रिस र बेल्जियम (१८४), नवौं न्युजिल्यान्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अस्ट्रेलिया (१८३) र दसौंमा स्लोभाकिया, लिथुआनिया र हंगेरी (१८३) छन्।
नेपाल भने सबभन्दा खराबको सूचीमा परेको छ। ४० भन्दा कम देश जान मिल्ने सुविधा भएका भनेर खराबमा यी देश राखिएका हुन्।
सूचीको १०० औं नम्बरमा उत्तर कोरिया छ जसको पासपोर्टले ३९ देश जान मिल्छ। यसको ठीक तल १०१ औं स्थानमा नेपाल र प्यालेस्टाइनी क्षेत्र छ जसबाट ३८ देश जान मिल्ने सिएनएनले लेखेको छ।
यसपछि क्रमशः लिबिया (३७ देश), यमन (३३), सोमालिया र पाकिस्तान (३२), सिरिया (२९), इराक (२८) र अफगानिस्तान (२६ देश) छन्। अफगानिस्तान सूचीको १०७ औं स्थानमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस