वि.सं.२०७६ साल माघ ०८ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– त्रयोदशी,४७ घडी ५३ पला,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– मूल,४५ घडी १० पला,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्याघात,५४ घडी ०७ पला,रातको ०४ बजेर ३६ मिनेट उप्रान्त हर्षण । करण– गर,दिउसो ०२ बजेर २० मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेट । दिनमान २६ घडी ३३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सानातिना समस्याले तपाईलाई कमजोर बनाउनेछ । रिक्स लिने बानिले थप समस्या पैदा गर्नेछ । व्यापारमा लगानि गरेपनि आम्दानि न्युन हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम तथा मित्रताको बन्धन नचाहादा नचाहादै टुट्न सक्छ । खोजिमुलक कामको सवालमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक बस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउँन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउँको यात्रामा निश्कन सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिष्पर्धामा तपाईकै जित हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाइ लेखाइमा हुने यात्रा खर्चिलो बन्नेछ भने सफलता प्राप्त गर्न प्रशस्त समय खर्चनु पर्नेछ । हडबढि तथा आत्तिने बानिले घर परिवारमा समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । समयको काम अनुसार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुने तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । तरपनि सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ । कृषि तथा सहकारि व्यावसाय भने फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेकोछ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राम्रा तथा पुरुषार्थि काम गरि नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । खेलकुल,यात्रा तथा पत्रकारीतामा समय लगानि गर्नेहरुका लागि समयले राम्रो प्रतिफल दिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रयन्न गर्दा आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । कार्यक्षेत्रमा राम्रा काम गरि सम्मानित हुने योग रहेकोछ । पढाई लेखाईमा अलि बढि ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रेममा नजिक हुने सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनितिकर्मि तथा समाजसेवीहरुले जनताको कामगरि नाम कमाउँन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउँने योग रहेकोछ । पढाईलेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउँदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारमा लगानि गरि राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा तथा लेनदेनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ । बिद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले पुरस्कार तथा प्रशङसा पत्र पाईनेछ । अध्ययनकै शिलशिलामा स्कुल,कलेजको भ्रमण गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस