काठमाडौँ– सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन हुने बताएका छन् ।
मङ्गलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसद्बाट पास हुने बताए । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसद्मा पेश गर्ने र संसद्बाट पास हुने उहाँको दाबी छ । “एमसीसी परियोजना कुनै सैन्य परियोजना हैन । हातहतियार र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,” उनले भने , “एमसीसी विकास परियोजना हो । नेपालका लागि आवश्यक पनि छ ।” एमसीसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो ।
पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भएको उनको तर्क थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा¬) को एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उनका भनाइ थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको समेत जिम्मेवारीमा रहेका मन्त्री ढकालले संसद्मा लगेका विधेयकहरू विधि प्रक्रियाबाटै लगेको जानकारी दिएका छन् । संसद्मा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकमा केही कमी भए सुधार गरेर पास हुने उनको भनाइ थियो । “संसद्मा सरकारले पेश गरेको विधेयकमा केही कमी छन् भने सुध्रिएर पास हुन्छन्”, उनले भने , “सार्वभौम संसद्ले त्यसलाई परिमार्जन गर्न सक्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस