काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताएका छन् ।
अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताएका हुन् । “चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता दिनुपर्छ,” उनले भने । उनले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गरेका छन् ।
गृहमन्त्री थापाले तीन महिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएका छन् । उनले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन–नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताएका छन् । नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस