सोल – उत्तर कोरियाले दक्षिण कोरियामा हुने हिउँदे ओलम्पिक समापन समारोहमा एक जना आफ्ना वरिष्ठ अधिकारीलाई सहभागी हुन पठाउने निर्णय लिएको छ।
कोरियाली प्रायद्वीपमा जारी शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ अवसरका रूपमा दक्षिण कोरियाली सरकारले उक्त कदमको प्रशंसा गरेको छ।
दक्षिण जाने भनिएका उत्तर कोरियाली गुप्तचर निकायका प्रमुख जेनरल मिम योङ चोललाई दक्षिण कोरियाविरुद्ध कैयौँ आक्रमणहरू गराएको आरोप लाग्ने गरेको छ। यसै बीच राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले प्योङ्च्याङमा सहभागी हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ।
उत्तर कोरियाका वरिष्ठ अधिकारीको सहभागितालाई दोस्रो चरणको ओलिम्पिक्स कूटनीति भनिएको छ। ओलिम्पिक्सको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ अनकी बहिनी किम यो जोङ सहभागी भएकी थिइन्।
यसपटक सत्तारूढ दलको एकीकृत मोर्चाको नेतृत्व गर्ने उच्चअधिकारी किम योङ चोल दक्षिणको भ्रमणमा आउन लागेका छन्। सन् २०१० मा ४६ जना दक्षिण कोरियाली नाविकको ज्यान लिने गरी एउटा नौसैनिक डुंगामा गरिएको आक्रमणको मुख्य योजनाकार भएको आरोप उनीमाथि छ।
प्योङ्याङबाट आउने समूह तीन दिनसम्म दक्षिण कोरियामा बस्ने र उनीहरुले राष्ट्रपति मून जे इनसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि ओलिम्पिक्सको उद्घाटन समारोहपछि अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच भेटवार्ता तय भएको खुलासा भएको थियो।
तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले थप प्रतिबन्धहरू घोषणा गरेपछि उत्तर कोरियाले अन्तिम समयमा वार्तामा सहभागिता नजनाउने निर्णय लिएको थियो। यसपटक दक्षिण कोरिया सरकारले उत्तर कोरिया र अमेरिकाका अधिकारीहरूबीच कुराकानी नहुने जानकारी दिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस