बीबीसी – हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्।
कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका छन्।
क्यान्सरका बिरामीहरूमा यसको परीक्षण गरिएको छैन तर वैज्ञानिकहरूले यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको बताएका छन्।
नेचर इम्युनोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरूले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दाबी गरेका छन्।
के पत्ता लाग्यो ?
हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगहरू लाग्न नदिन पर्खालको काम गर्छ।
वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजीमा थिए।
उनीहरूले मानिसको रगतभित्र टीसेल नामक कोष फेला पारे। त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो जसले शरीरभित्र कुनै खतरा छ भन्ने थाहा पाउने गर्छ।
त्यसले शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ।
कसरी काम गर्छ ?
अनुसन्धानकर्ताहरूका अनुसार रगतमा हुने टी(सेल नामक कोष प्रयोग गरी विभिन्न प्रकारका क्यान्सरलाई आक्रमण गर्न सकिन्छ।
उनीहरूका अनुसार टी(सेल लाई एमआर १ भनिने शरीरमा प्रत्येक कोषको सतहमा रहने भागसँग अन्तरक्रिया गराएर क्यान्सर कोषमा रहेको विकारबारे थाहा पाउन सकिन्छ।
क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ।
त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनु पर्छ।
अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ। त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी नै छ।
अझै धेरै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास व्यक्त गरेका छन्।
विज्ञ के भन्छन् ?
स्विट्जरल्यान्डको बासेल विश्वविद्यालयका लुसिया मोरी र जेनारो डी लिबेरोले नयाँ अनुसन्धानले धेरै सम्भावना बोकेको बताए।
तर म्यान्चेस्टर विश्वविद्यालयका इम्युनोलोजीका प्राध्यापक ड्यानियल डेभिसले अहिलेसम्म यो सुरुवाती अनुसन्धान मात्रै हो र यो बिरामीको लागि औषधि बन्ने अवस्थामा पुगिसकेको छैन भनेका छन् ।
तर यो नयाँ खोज भविष्यमा बन्न सक्ने नयाँ औषधिको लागि निकै उत्साहजनक रहेकोमा दुई मत नरहेको उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस